१५. कार्यकारी प्रमुखको कार्यसम्पादन मूल्याङ्कन गर्नु पर्ने
(१) बोर्डले प्रत्येक वर्ष सार्वजनिक संस्थानका कार्यकारी प्रमुखको कार्यसम्पादन मूल्याङ्कन गर्नेेछ ।
(२) उपदफा (१) बमोजिम कार्यसम्पादन गर्दा निजसँग गरिएको देहायका मापदण्डलाई मुख्य आधारमा लिनु पर्नेछ ः–
(क) सम्पत्ति परिचालन अनुपात (एसेट टर्नओभर रेसिओ)
(ख) नाफा अनुपात (प्रोफिट मार्जिन रेसिओ)
(ग) पूँजीकोष दायित्व अनुपात (इक्वीटि टु लायविलिटी रेसिओ)
(घ) कूल सञ्चालन खर्चमा प्रशासनिक खर्चको अनुपात र
(ङ) कूल सञ्चालन खर्चमा कर्मचारी खर्चको अनुपात ।
(३) बोर्डले सार्वजनिक संस्थानको कार्यप्रकृति र कार्यकारी प्रमुखसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लेखित कार्यसम्पादन सूचक बमोजिम उपदफा (२) बमोजिमका आधारलाई थपघट गर्न सक्नेछ ।
(४) सार्वजनिक संस्थानका पदाधिकारीको कार्यसम्पादन गरी सोको प्रतिवेदन बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(५) कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी विधि, प्रक्रिया तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।